झापा: झापाको गौरीगंज गाउँपालिका ४ कदमगाछीबाट प्रहरीले ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका १ की ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । उनीहरुलाई हिजो राती ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । दुवैको साथबाट ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको झापा प्रहरीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजले थप अनुसन्धान भईरहेको छ ।







