संखुवासभा: संखुवासभाको मकालु गाउँपालिका ३ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा कार्यरत भोजपुर नगरपालिका २ का ५२ बर्षीय खड्ग बहादुर गुरुङको मृत्यु भएको हो । शनिबार हेदाङना बजार गएर बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट उनी लडेको प्रहरीले जनाएको छ ।
भिरबाट करिब ६०र७० मिटर तल खसेर मृत अबस्थामा गुरुङको शव आज बिहान ११ बजे फेला परेको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।







