धरान: धरान १ स्थित धरान आदर्श माध्यमिक विद्यालयले साउन २९ गते शुक्रबार प्रवेश परीक्षा लिने तयारी गरेको छ । 

सरकारले तोकेको स्वास्थ्य मापडण्ड अपनाएर कक्षा ११ को भर्नाको लागि धरान आदर्शले प्रवेश परीक्षा लिन लागेको हो । विद्यालयका प्रध्यानाध्यापक लोकेन्द्र श्रेष्ठले एसइई परीक्षाको रिजल्ट आइसकेको हुनाले स्वास्थ्य मापदण्ड अपनाएर प्रवेश परीक्षाको तयारी गरिएको हो ।

भर्ना शुल्कमा एसइईमा ए प्लस ल्याएका विद्यार्थीहरुलाई ७० प्रतिशत र ए ल्याएका विद्यार्थीलाई लागि ५० प्रतिशत छुट दिइने पनि प्रअ श्रेष्ठले बताए । जिल्लाको टपर र स्कुल टपर विद्यार्थीहरुलाई हामी छात्रवृत्ति दिन्छौं, उनले भने, हाम्रोमा मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर लगायतका जिल्लाका टपर र स्कुल टपर विद्यार्थीहरुले पढ्दै आएका छन् । 

dharan adarsa1

धरान आदर्शले भदौ पहिलो सातादेखि अनलाइन कक्षा नै शुरुवात गर्ने जानकारी पनि दिएको छ । कोरोना संक्रमणको कारण भर्चुअल माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था पनि भइसकेको छ । धरान आदर्शमा प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन हुने गरेको छ । यहाँ विज्ञान र व्यवस्थापन संकायको भवन अलग अलग छ । सुविधा सम्पन्न होस्टलको पनि सुविधा रहेको प्रअ श्रेष्ठले बताए ।