धरान: कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै धरान उपमहानगरपालिकाले भौतिक उपस्थितिमा पठनपाठन वा परीक्षा नगर्न विद्यालयहरुलाई अनुरोध गरेको छ ।

धरानका केही विद्यालयहरुले परीक्षा वा अन्य कुनै कारण देखाएर विद्यार्थीको भौतिक उपस्थिति गराउने कार्य भइरहेको गुनासो अभिभावबाट आएको भन्दै शिक्षा महाशाखाले त्यस्तो कार्य बन्द गर्न आग्रह गरेको हो । धरानमा हालसम्म कोभिड १९ को जोखिम दिनदिदै बढ्दै गएकोले कुनै पनि बहानामा विद्यार्थीको भौतिक उपस्थितिमा नभै वैकल्पिक विधिबाट मात्र पठनपाठन सञ्चालन गर्न पनि आग्रह गरेको छ । 

notice1