धरान: धरानका निजी तथा संस्थागत विद्यालयका शिक्षकहरुले तलब, भत्ता र सुविधाको ग्यारेण्टी गरिदिन माग गर्दै धरान उपमहानगरपालिकामा ध्यानकर्षण पत्र बुझाएका छन् ।

निजी तथा संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (ब्याब्सु) र संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) सुनसरीले सोमबार संयुक्तरुपमा उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको हो । दुवै संस्थाले मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी र शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवाललाई ध्यानाकर्षण पत्र बुझाएका थियो । दुवै संस्थाले यो बर्ष शुरुवातदेखि नै अनलाइन कक्षा चलिरहेको भन्दै मासिक शुल्क घटाउने गरि उपमहानगरले गरेको निर्णयले आफुहरुलाई अन्याय परेको पनि जनाएको छ । 

विद्यालय सञ्चालकहरुले बारम्बार बार्षिक शुल्क र भर्ना शुल्क विद्यालय व्यवस्थापनको लागि र मासिक शुल्क शिक्षक, कर्मचारीलाई तलब, भत्ता तथा सेवा सुविधा दिन भनेर प्रष्ट्यारहेको भन्दै ध्यानाकर्षण पत्रमा यो बर्ष मासिक फि कटौती गर्नु तर्कसंगत नभएको पनि जनाएको छ । यसको विकल्पमा विद्यालय व्यवस्थापनमा खर्च हुने शिर्षकको बार्षिक र भर्ना शुल्कमा अभिभावकहरुलाई छुट दिए सबै समस्याको निदान हुने पनि दुवै संस्थाले सुझाएको छ ।

teacher1

निजी विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुको तलब, भत्ता र सुविधा शिक्षा नीतिअनुरुप नघट्ने गरी पुर्णरुपमा उपलब्ध गराउन स्थानीय सरकारले आवश्यक भुमिका निर्वाह गर्नुपर्ने जनाएको छ । ‘यो बर्ष शुरुदेखि नै पठनपाठन भइरहेको हुनाले पनि मासिक फि कटौती गर्नु तर्कसंगत छैन, यसको विकल्पमा जति छुट दिने हो त्यो सबै बार्षिक शुल्क र भर्ना शुल्कमा दिए सबै समस्याको निदान हुनसक्छ,’ध्यानाकर्षणमा भनिएको छ ।

केही दिनअघि धरानको कार्यपालिका बैठकले गत बर्ष निर्धारण भएको शुल्क मात्र लिन पाउने निर्णयमा पनि असहमति जनाएको छ । गत बर्ष विद्यालयलहरुले ५० प्रतिशत मात्र अनलाइन शुल्क लिन पाउने निर्णय भएको थियो भने बार्षिक शुल्क विद्यालयको शुल्कको आधारमा ३ हजारदेखि बढीमा ७ हजारमात्र लिन पाउने निर्णय थियो । विगत ४ बर्षदेखि पुरानै तलबमा शिक्षकहरु काम गर्न बाध्य भएको भन्दै प्याब्सु र इष्टु सुनसरीले शिक्षकहरुको जीवन रक्षा र तलब, भत्तालगायत सेवा सुविधाको पुर्णग्यारेण्टी अब धरान उपमहानगरपालिका र शिक्षा महाशाखाले लिनुपर्ने पनि उल्लेख गरेको छ ।

भिडियो :

teacher3teacher4teacher5