धरान: धरान १ स्थित धरान आदर्श माध्यमिक विद्यालयले उत्कृष्ट ८ फुटबल खेलाडी विद्यार्थीहरुलाई पुर्णछात्रवृत्ति दिएको छ। 

विद्यालयले कक्षा ११ मा फुटबल खेलमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदन गरेको हो । विद्यालयका प्रध्यानाध्यापक लोकेन्द्र श्रेष्ठका अनुसार सक्षम देवान, सुनिल मगर, कविर तामाङ, निकेश लिम्बु, रवि मादेन, पृथ्वी गुरुङ, पुरन चौधरी र रमेश मेहतालाई पुर्ण छात्रवृत्ति दिइएको हो । यी विद्यार्थीहरु विभिन्न स्कुलबट धरान आर्दशमा अध्ययन गर्न भर्ना भएका हुन् । उनीहरुलाई फुटबल खेलमा रुचि र लगाव भएको साथै खेल कौशल पनि रहेको कारण विद्यालयले छात्रवृत्ति दिने निर्णय गरेको प्रअ श्रेष्ठले जानकारी दिए । 

विद्यालयमा पढाइसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि जोडदिइएको प्रअ श्रेष्ठले बताए । धरान आदर्शले फुटबल, भलिबल, गीतसङ्गीत, नृत्य, हाजिरीजवाफलगायत क्रियाकलापहरुमा विद्यार्थीहरुलाई सहभागी गराउने गरेको छ । यसले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा उजागर हुन पनि मद्दत पुग्ने गरेको छ । धरान आदर्शले कक्षा ११ को भच्र्युअल माध्यमबाट भदौ ३ गतेदेखि नै पढाई शुरु गरिसकेको छ ।