धरान: धरान फेसनको शहर हो । युरोपको फेसन काठमाण्डौंमा भन्दा पहिला धरानमा भित्रिन्छ भन्ने जनबोली छ । यही फेसनेवल शहर धरानमा नयाँ फेसन इस्टिच्युट खुलेको छ । 

धरानको भानुचोकस्थित तमु कम्प्लेक्समा ‘डिजाइन इस्टिच्युट अफ फेसन टेक्नोलोजी’ सञ्चालनमा आएको हो । फेसन डिजाइनमा निरन्तर लागिपरेकी मनिषा राईले यो टोक्नोलोजी सञ्चालनमा ल्याएकी हुन् । सोमबार एक कार्यक्रमबीच धरानका मेयर तिलक राईले उद्घाटन गरेका थिए । उनले फेसनलाई विकृति फैलाउनेरुपमा नलिई उमेर, लिंग र वर्ग अनुसार पोशाक लगाउनु भएको धारणा व्यक्त गरे । उनले फेसनलाई त्यहीरुपमा लिन पनि आग्रह गरेका थिए ।

fashaion3

सञ्चालिका मनिषाका अनुसार १५ लाख लगातमा इस्टिच्युटको शुरुवात गरेकी हुन् । यहाँ फेसन डिजाइनसम्बन्धी तालिम दिइने उनले बताइन् । विगत एक दशकदेखि फेसन डिजाइन क्षेत्रमा सक्रिय मनिषाले सीटीइभीटीबाट फेसन डिजाइनमा तेस्रो तह उत्तीर्ण गरेकी छन् ।

यहाँ महिला तथा पुरुष दुवैलाई फेसन डिजाइनसम्बन्धी तालिम दिइनेछ भने सीटीइभीटीले सञ्चालन गर्ने सबै तहका तालिम पनि सञ्चालन हुनेछ । फिल्म तथा म्युजिक भिडियोका लागि पनि पोशाक तयार गरिने सञ्चालिका राईले जानकारी दिइन् । तालिमसँगै विभिन्न पोशाकहरू पनि उपलब्ध हुने उनले बताइन् । 

fashaion1