धरान: नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) रोजेका सांसदहरु विराटनगरस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

तीन दिनसम्म धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका गेष्ट हाउसमा बसेका एमाले सांसदहरु करिब साढे ११ बजेतिर यहाँबाट बाहिरिएका थिए । उनीहरु प्रतिष्ठानबाट सिधै निर्वाचन आयोगको प्रदेश कार्यालयमा सनाखत गर्न पुगेका हुन् । एमालेका १० जना सांसदहरुले एकीकृत समाजवादी रोजेका छन् । तर, सनाखत गर्न भने ८ जना सांसदहरु मात्र पुगेका छन् । अन्य २ जना सांसदहरु पनि आउने बताइएको छ । 

एमालेका मात्र ५ जना एमाले एकीकृत समाजवादी रोजेमा पनि वर्तमान मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा पर्ने अवस्था थियो । अहिलेसम्म ८ जना सांसदहरु सनाखत गर्न पुगेको अवस्थामा मुख्यमन्त्री आचार्य नेतृत्वको एमालेको प्रदेश सरकारले बहुमत गुमाएको छ । कुल ९३ जना प्रदेश सभामा एमालेका ५० जना सांसदहरु थियो । बहुमतको लागि ४७ जना सांसद आवश्यक भएको अवस्थामा १० जनाले एकीकृत समाजवादी रोजेपछि एमाले सरकार स्वतः अल्पमतमा पुगेको छ । प्रदेशसभामा कांग्रेसको २१, माओवादी केन्द्रका १५, जसपाको ३ सांसद छन् भने सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १, १ जना सांसद छन् ।  

samajbadi-sanakhat1

samajbadi-sanakhat2