धरान: आन्तरिक पर्यटन प्रर्वद्धन गर्न ईलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको यात्रामा निस्किएका साइकल यात्रीहरुलाई सोमबार धरानमा भव्य स्वागत गरिएको छ । 

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कार शाहको नेतृत्वमा ५० जनाको टोली ३ दिनघि अन्तुदेखि साइकल यात्रामा निस्किएका हुन् । उनीहरु पहिलो दिन झापाको धुलाबारी र हिजो दोस्रो दिन इटहरीको तालतलैयामा बास बसेका थिए । आज बिहान धरान आइपुगेका टोलीलाई मेयर तिलक राईसहित साइकल सम्बन्धित विभिन्न संघसंस्था तथा पर्यटनकर्मीहरुले तीनकुनेमा भव्य स्वागत गरेका थिए । साथै, केकसमेत काटिएको थियो ।

cycling10

करिब ५० जनाको टोली आज उदयपुरको गाइघाटमा बास बस्नेछन् । यो टोलीले २८ जिल्ला हुदै १८ सय किलोमिटरको दुरी ४ हप्तामा पुरा गर्दै रारामा पाइला टेक्ने बताइएको छ । विश्व साइकल यात्री शाहले सम्बन्ध जोडौ, देश घुमौ भन्ने सन्देश दिएर साइकल यात्रा शुरु गरिएको बताए । उनले जुम्लाको चन्दननाथ नगरपालिकाको उपहार साँचो धरानका मेयरलाई प्रदान गर्दै घुम्न आउने निम्तो पनि दिएका थिए । 

पर्यटनकर्मी वासुदेव वरालले कोरोनाले ध्वस्त भएको पर्यटनलाई उठाउनको लागि यस्तो पर्यटकीय गतिविधि महत्वपुर्ण हुने भएकोले सबैले सहयोग गर्नुपर्ने बताए । धरानका साइक्लिष्ट कृष्ण केसीले यो अभियानले साइक्लिष्टहरुलाई उत्साही बनाएको बताए । अर्का साइक्लिष्ट उमेश भण्डारीले नेपालको प्राकृतिक सुन्दरतालाई विदेशसम्म पुर्याउन साइक्लिङ महत्वपुर्ण माध्यम हुने धारणा राखे ।

cycling6

cycling8

cycling15

cycling16

cycling11

cycling12

cycling17

cycling14

cycling18

cycling13

cycling18

cyclingcycling16