सुनसरी: सुनसरीको कोशी गाउँपालिका ८ कोशीकटानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारतको सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् । उनीहरुलाई हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेकाहरुको साथबाट डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतीय नगद २० हजारसमेत वरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।