धरान: धरानको महत्वकांक्षी योजना सर्दु करिडोर निर्माण गर्न शिलान्यास गरिएको छ । 

शनिबार धरान १७ स्थित धरान चतरा सडक खण्ड नजिकै सर्दु खोलामा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले करिडोरको शिलान्यास गरेका छन् । प्रदेश सरकारअन्तर्गतको जलश्रेत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीले यो करिडोर निर्माण गर्न लागेको हो । उक्त कार्यालयका प्रमुख चुडाराज ढकालका अनुसार करिडोर निर्माणको लागि कुल १९ किलोमिटर लामो डिपिआर बनेको छ । त्यसमध्ये धरान चतरा सडक खण्डबाट उत्तरतर्फको ८ किलोमिटर क्षेत्र पर्छ । त्यसमध्ये पहिलो चरणमा ५ किलोमिटर करिडोर बनाउन शिलान्यास भएको हो । सर्दु करिडोर वडा नं १७, ११, १६ र १३ वडासम्म निर्माण हुनेछ ।

sardu10

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भीम आचार्यले धरानलाई सुन्दर र पर्यटकीय सहरकोरुपमा विकास गर्न सर्दु र सेउती करिडोरको योजना अघि बढेको बताए । उनले तटबन्धनको योजना मात्र नभएको खुलाउदै महत्वपुर्ण पर्यटकीयस्थलकोरुपमा विकास गर्ने परिकल्पना रहेको प्रष्ट पारे । साथै मुख्यमन्त्री आचार्यले करिडोरमा पर्ने घर परिवारलाई विचल्ली नपार्ने आश्वासन दिदै स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित ठाउँमा जमिन उपलब्ध गराउने र नयाँ घर निर्माण गर्न प्रदेश सरकारले प्रतिघर ५ लाख रुपैया सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।

sardu8

सभामुख प्रदिपकुमार भण्डारीले पनि सुकुम्बासी वस्तीलाई उठिबास नहुने गरि योजना अघि बढाइने बताए । उनले गुणस्तरीय निर्माण गर्नको लागि सबैले सहयोग गर्नुपर्ने पनि बताए । साथै बाढी र पहिरो नियन्त्रणमा पनि पहल गर्ने बताए । धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले सहरको लागि खोला अभिषाप मात्र नभै वरदान पनि हो भन्ने प्रमाणित गर्ने गरि करिडोर योजना अघि बढाइएको बताइन् । करिडोरमा तटबन्धन, हरियाली पार्क र वस्तीलाई उचित व्यवस्थापन गर्ने उनले बताइन् । वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले अब सर्दु खोला किनारमा बस्ने परिवारको दुःख र सास्तीहरु पाउने दिन सकिने बताए । राजनीतिक दलहरुकोतर्फबाट नेपाली कांग्रेसका सचिव श्याम पोखरेलले विकास निर्माणमा राजनीतिक दलहरु एकजुट हुने र साथ रहने धारण व्यक्त गरे । 

भिडियो:

 sardu3

sardu5

sardu2

sardu6

sardu4

sardu7