धरान: सविधान दिवसको अवसरमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना व्यक्त गरेका छन् ।

सभामुख भण्डारीले आज एक सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् । साथै सभामुख भण्डारीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको नेपाली जनताको आकांक्षा पूरा विभिन्न कालखण्डमा भएका आन्दोलन, संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति पनि श्रद्धासुमन अर्पण गरेका छन् ।

संविधानले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरुलाई संस्थागत गर्दैे सबै वर्ग, जाति, क्षेत्र, भाषा, धर्म र लिंगका आधारमा समाजमा विद्यमान विभेद र असमानतालाई अन्त्य गरी समाज बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता तथा भौगोलिक विविधतायुक्त समाज हो भन्ने मान्यतालाई स्थापित गरेको पनि सभामुख भण्डारीद्धारा जारी सन्देशमा उल्लेख छ । 

sambidhan