धरान: सुनसरी प्रहरीले करिब ६० केजी गाँजा वेवारिसे अवस्थामा फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको कोशी गाउँपालिका ७ कोशी नदी किनारस्थित झाँडीबाट बोरामा वेवारिसे अवस्थामा गाँजा वरामद गरेको हो । प्रहरीका अनुसार झाडीमा मुख बाँधिएको अवस्थामा ४ वटा प्लाष्टिक बोरा छ भन्ने जानकारीको आएपछि प्रहरी पुगेको छ । 

अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्ने क्रममा बोराको मुख खोलेर चेकजाँच गर्दा गाँजा फेला परेको थियो । सुनसरी प्रहरीका अनुसार उक्त ४ वटा बोरामा करिब ६० किलो गाँजा रहेको छ । उक्त गाँजालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।