सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलमा एक वृद्धाको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । 

स्थानीय ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई हिजो दिउँसो २ बजे स्थानीय रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो ।

कोशी बन्यजन्तु आरक्षणबाट आएको जंगली हात्तीले वृद्धालाई शरिरको बिभिन्न भागमा कुल्चिएर घाईते बनाएर हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानियले घरतर्फ ल्याउने क्रममा बाटोमा मृत्यु प्रहरीले जनाएको छ । उक्त घटनबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।