धरान: विश्वभर २७ सेप्टेम्वरलाई विश्व पर्यटन दिवसकोरुपमा मनाइने गरिन्छ । सोही अनुरुप आज धरानमा पनि मनाइएको छ । 

धरानको पर्यटन विकासमा सक्रिय रहेको सेक्ष ट्राभलिङ र सेवक अभियानको सहकार्यमा विजयपुर चोकमा कार्यक्रम आयोजना भएको थियो । सेवक अभियानले धरानको पर्यटकीय एवं धार्मिक, ऐतिहासिक महत्वको क्षेत्रहरुमा हरेक सोमबार सरसफाई कार्यक्रम गर्दै आएको थियो । क्लिनिङ विथ वाकिङ नारा दिएको उक्त कार्यक्रमसँगै आज सेक्ष ट्राभलिङले पनि विश्व पर्यटन दिवस मनाएको हो ।

विजयपुर चोकमा आयोजित कार्यक्रममा केक पनि काटिएको थियो । मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले केक काटेर विश्व पर्यटन दिवसको शुभकामना दिएका थिए । मेयर राईले अब हरेक क्षेत्रसँग पर्यटनलाई जोडेर विकास गर्नुपर्ने बताए । उनले धरानमा धार्मिक पर्यटन, साँस्कृतिक पर्यटन, शैक्षिक पर्यटन, साहसिक पर्यटन पनि भएकोले यी सबै क्षेत्रसँग जोडिएर जानुपर्ने धारणा राखे । ‘अब धरान व्यापारिक सहर, औद्योगिक सहर हो भन्ने बुझ्नु हुन्न,’मेयर राईले भने,‘यहाँ पर्यटनको प्रचुर सम्भावना छ । यहाँको हावापानी, मान्छे, नगरबासीहरुको सिल स्वाभाव, आत्मियता मन पराउछन् । हाम्रो व्यवाहार र साँस्कतिहरुलाई पर्यटनसँग व्यवासयिकरुपमा जोड्नुपर्छ ।’ 

tourism-day3

मेयर राईले हरेक व्यक्तिले पर्यटन बुझेर आफ्नो मौलिक सँस्कृति, मौलिकतालाई अघि बढाउनुपर्ने पनि बताए । धरानको मौलिकताहरुलाई जोगाउनुपर्ने धारणा राख्दै मेयर राईले ऐतिहासिक वडा भएकोले वडा नं १४ को घरहरु बनाउदा एउटा बिशिष्ट खालको मोडलमा बनाउनुपर्ने पनि बताए । 

उनले धरानमा शुरु भएको अभियानहरु अन्यत्र अनुसरण भइरहेको भन्दै सामाजिकरुपमा धरान अगाडि भएपनि राजनीतिकरुपमा पछाडि रहेको पनि बताए । ‘सामाजिक गतिविधि यति चलायमान छ कि अरु हेरेर छक्क पर्छन् । बरु राजनीतिकर्मीहरु हामी पछाडि छौ, राजनीति राम्रो गर्न सकेनौ कि । फाइदा दिन सकेनौ कि । केन्द्रबाट कार्यक्रमहरु ल्याउन सकेनौ कि ।’ 

tourism-day7

वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भटट्राईले मास्टर प्लान बनाएर पर्यटनको विकासमा अघि बढ्नुपर्ने बताए । सेक्ष ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले पर्यटन दिवसको नारा पर्यटनमा समावेशिता भन्ने रहेको र सोही अनुरुप व्यवसायी र सरकारी निकाय मात्र नभएर सबै तह तप्का पर्यटनमा लागेमा मात्र छिटो विकास हुने बताइन् । सानो कार्यक्रम वा गतिविधिहरु भएपनि पर्यटनमैत्री सहर हो भन्ने सन्देश दिइरहेको भन्दै महत्व ठुलो हुने उनको भनाई थियो । पर्यटनकर्मी वासुदेव वरालले पर्यटनकर्मीहरुले आज उत्सवकोरुपमा विश्व पर्यटन दिवस मनाइरहेको भन्दै आम नागरिकहरुमा पर्यटनप्रतिको सचेतना जागे मात्र सार्थकता हुने बताए । 

tourism-day11

tourism-day11

tourism-day10

tourism-day9