धरान: च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको दोस्रो चरणका खेलहरु सोमबार सम्पन्न भएको छ ।

दोस्रो चरणमा आयोजित प्रि–क्वाटर र क्वाटर फाइनलका खेलमा विजयी हुदै च्याम्स, एफविसि, आयोजक मितेरी र ग्याटिस टिम सेमीफाइनल प्रवेश गरेको छ । क्वाटर फाइनल खेलमा च्याम्सले कम्व्याट टिमलाई ४–१ ले पराजित गर्दै अन्तिम चारमा स्थापन पक्का गरेको हो । 

यस्तै, मितेरीले एफएफसिलाई ४–१ ले हरायो भने ग्याटिसले जिजिएफसिलाई ३–२ गोल अन्तरले हराउदै अन्तिम चारमा स्थान बनाएको हो । यसैगरि, एफविसि र चेल्सि वि टिमलाई टाइब्रेकरमा २–१ गोल अन्तरले हराउदै सेमीफाइनलमा स्थाना बनाएको छ । 

713A1928.psd

मितेरी फुटसल र सिंगापुर लिफ टिमले संयुक्त आयोजनामा गरेको प्रतियोगितामा सोमबार प्रिक्वाटर र क्वाटर फाइनल गरि १३ खेल भएको थियो । मंगलवार विहान ११ वजेदेखि सेमिफाइनल र फाइनल खेल हुने मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी दिए । 

 धरान ११ स्थित नवकला चोकमा रहेको मितेरी फुटसलमा जारी प्रतियोगितामा विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैया पाउनेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयासहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ । यसैगरि, उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको थियो । 

713A1935.psd

713A1927.psd

713A1866.psd