धरान: गायक चन्द्र वान्तावाको स्वर रहेको लोक आधुनिक गीत ‘खोज्दै साथ...’ सार्वजनिक भएको छ ।

        गायक वान्तावाले आफ्नै युट्युब च्यानल मार्फत म्युजिक भिडियोसहित यो गीत सार्वजनिक गरेका हुन् । गीतको रचना शम्भु राई ‘पृथक’ले गरेका छन् भने संगीत विनोद प्रियदर्शी राईले भरेका छन् । गीतको म्युजिक भिडियोलाई नगेन्द्र लोहोरुङ राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा गायक चन्द्र वान्तावा र कलाकार विष्णु लामाको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो पूर्वकै रमणिय स्थान कन्याम, भेडेटार, नमस्ते झरना, सप्तकोशी र धरानको आसपास क्षेत्रमा छायाङ्कन गरिएको छ ।

गायक वान्तवा विभिन्न सन्देशमूलक तथा जातिय मौलिक गीत संगीत स्रोता माझ पस्कदै आएका कलाकार हुन् । यो गीत उनको पहिलो रोमान्टिक गीत हो । वान्तावाको आधा दर्जनको हाराहारीमा म्युजिक भिडियो बजारमा आइसकेको छ । अन्य गीतहरु पनि सार्वजनिक गर्ने तयारी भइरहेको गायक वान्तवाको भनाई छ । खोज्दै साथ गीतको म्युजिक भिडियो करिब २ वर्ष अघि नै बजारमा ल्याउने तयारी थियो । तर, कोरोनाको कारण ढिलाइ भएको उनले बताए । वान्तवाको ‘साकेलामा नियालेर..’, ‘बराहको पानी बोकी...’, ‘फूल रोपी मायाको प्रिय...’ लगायतका गीतहरु लोकप्रिय छन् ।