धरान: पहिलो पटक गोधुली रनिङ कप जितेको धरान उपमहानगरपालिका वडा नं. १४ को फुटबल खेलाडीहरुलाई टि–सर्ट वितरण गरिएको छ । 

आईडियल बोर्डिङ स्कुल धरान १४ ले मङ्गलबार खेलाडीहरुलाई टि–सर्ट वितरण गरेको हो । खेलाडीहरुलाई मेयर तिलक राईले टि–सर्ट हस्तान्तरण गरेका थिए । स्कुलका निर्देशक सागर खड्काले ईतिहासमै पहिलो पटक वडा नं. १४ ले २१ औं गोधुली रनिङ कप जितेको कारण खेलाडीहरुलाई सम्मान स्वरुप टि–सर्ट वितरण गरिएको जानकारी दिए ।

मेयर राईले गोधुली कपमा धरान १४ को ऐतिहासिक जित हासिल गरेको स्मरण गर्दै खेलाडीहरुको सम्मान गरेकोमा आइडियल स्कुलको प्रशंसा पनि गरेका थिए । टि–सर्ट वितरण कार्यक्रममा वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईको पनि उपस्थिति रहेको थियो । 

sports1