इटहरी: इटहरीका नीजि बिद्यालयहरु आगामी कात्तिक ४ गतेबाट सञ्चालनमा आउने भएको छ ।

इटहरी उपमहानगरपालिका र नगर प्याब्सनबीच कार्तिक ४ गतेदेखि विद्यालयहरु सञ्चालन गर्नेबारे सहमति भएको हो । कोरोना महामारीका कारण बिगत ६ महिनादेखी इटहरीका निजी विद्यालयहरु बन्द रहेको छ। नगर प्याब्सनको नवनिर्वाचित कार्यसमितीको टोलीले उपमहानगर शिक्षा माहाशाखा प्रमुख सुर्यप्रसाद सुबेदीलाई भेटेर बिद्यालय खुलाउनको लागि अनुरोध गरेको थियो । सोही अनुरोध अनुसार दशैपछिदेखी बिद्यालय खुलाउने सहमति भएको प्याब्सन इटहरी नगरसमितीका सचिव राजेश कुमार श्रेष्ठले जानकारी दिए ।

इटहरी उपमहानगरप्रमुख द्धवारिकलाल चौधरी उपचारको लागि बाहिर रहेको कारण तत्काल बिद्यालय खुलाउने निर्णय हुन नसकेको हो । मेयर चौधरी फर्किए लगत्तै दशैपछि बिद्यालय खुलाउने सहमति भएको हो । उपमहानगरपालिकाबाट बिद्यालय सञ्चालन गर्न दिइने भएपछी नगर प्याब्सनले कात्तिक ४ गतेबाट बिद्यालय सञ्चालनमा ल्याउने ब्यवस्था मिलाउन नगर क्षेत्रका सम्पूर्ण नीजि बिद्यालयहरुलाई जानकारी गराएको सचिव श्रेष्ठले जानकारी दिए । सुनसरीका कतिपय स्थानीय तहमा एक महिना अघिबाटै बिद्यालय सञ्चालनमा आएपनि इटहरीमा कोरोना माहामारी कायमै रहेको जनाउदै बिद्यालय सञ्चालनमा आएको थिएन । कोरोना माहामारीका कारण भौतिक रुपमा बिद्यालय सञ्चालनमा नआएपछी कतिपय बिद्यालयले अनलाइन कक्षा सञ्चालनमा ल्याएका थिए । इटहरी नगरप्याब्सनमा एक सय भन्दाबढी नीजि बिद्यालय आबद्ध छन् ।