धरान: ड्रेन माथि नै सुँगुरको मासु काटेर बिक्री गर्ने एक मासु पसलको सामाग्रीहरु धरानको नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरान १५ स्थित पिण्डेश्वर चोकबाट आज बिहान अनुगमन गरि नगर प्रहरीले मासु व्यापारीको सामानहरु नियन्त्रणमा लिएको हो । स्थानीयले गुनासो गरेपछि पटक पटक मौखिक र पत्राचारसमेत गरे पनि अटेर गरेपछि आज ती व्यापारीको सामानहरु वरामद गरिएको उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार एक पटक मौखक र २ पटक पत्राचार गरेर नै खुलारुपमा जथाभावी वध नगर्न आग्रह गरिएको थियो । तर, अटेर गरेपछि आज अनुगमन गरेर सामाग्रीहरु नियन्त्रणमा लिइएको हो ।

masu2

ती व्यापारीले ड्रेनमाथि नै सँुगरको बध गर्ने, पोल्ने, काट्ने र फोहोर ड्रेनमा बगाउने गरेको कारण स्थानीयबासीले उपमहानगरपालिकामा उजुरी दिएका थिए । मासु व्यापारीहरुले अलग्गै व्यवस्थित बधशाला बनाएर मासुजन्य पशुको बध गर्नुपर्ने हुन्छ । तर, ती व्यापारीले भने मानिसहरु हिड्ने सार्वजनिक बाटोको ड्रेनमाथि नै सुँगुर काट्ने, पोल्ने र फोहोर बगाउने गर्दै आएको स्थानीयबासीहरुको गुनासो छ । 

आज बिहान पनि ती व्यापारीले २ वटा सुँगुर काटेका थिए । नगर प्रहरीले ती व्यापारीको मासु काट्ने हतियार, अचानो र डिजिटल तराजु नियन्त्रणमा लिएको छ । प्रहरीले सानो २ वटार ठुलो ४ वटा गरेर कुल ६ वटा मासु काट्ने हतियार, आचानो सानो २ वटा र ठुलो १ गरि कुल ३ वटा र १ वटा डिजिटल तराजु नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले २ वटा मृत सुँगुर भने नगर प्रहरीले नियन्त्रणमा नलिएको जनाएको छ । 

masu1

masu4

masu3