धरान: प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले दशैं, तिहार, र छठ पर्वको अवसरमा ककटेल र मकटेल डिनर कार्यक्रमको आयोजना गरेको छ । 

कलेजले ३ दिने ककटेल र मकटेल डिनर कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम असोज २२ गतेदेखि २४ गतेसम्म आयोजना गरिएको कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्राइम भिजनका विद्यार्थीहरु मैलिक संस्कृति झल्कने पोशाकमा सजिएर अतिथिहरुको स्वागत गरेका थिए । यस्तै, विद्यार्थीहरुले तयार गरेको पारम्परिक नेपाली परिकारसमेत अतिथिहरुलाई चखाइएको थियो । कलेजले अध्ययनलाई मात्र नभइ मौलिक संस्कृति, पारम्परीक र सामाजिक दायित्वको शिक्षा प्रदान गर्ने गरेको कलेजका विद्यार्थी सन्देश पाल्पालीले बताए ।

CK7A7253

कार्यक्रमको पहिलो दिन धरानका बिभिन्न बिद्यालयका प्रिन्सिपलहरु, निर्देशक, संयोजक एवं क्याम्पस प्रमुखहरुको उपस्थित थिए । कार्यक्रममा कलेजका संयोजक अनिल श्रेष्ठले स्वागत गरेका थिए भने प्रिन्सिपलहरु तर्फबाट एनप्याव्सन नगर अध्यक्ष भगत लिम्वूले शूभकामना व्यक्त गरेका थिए । यस्तै, दोस्रो दिन धरान उपमहानगरपालिकाका नगर प्रमूख तिलक राई, उपप्रमूख मञ्जु भण्डारी सुवेदी, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार श्रेष्ठ, साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जयराम श्रेष्ठ, साँगुरीगढी गाउँपालिकाका प्रशासनिक अधिकृत द्रण राई, होटल व्यवसायी प्रमेश श्रेष्ठ र यूवा व्यवसायी नवीन राजभण्डारी लगायत उपस्थित थिए । 

CK7A7216

कार्यक्रममा कलेजका सि.इ.ओ अभिषेक श्रेष्ठले शूभकामना मन्तव्य व्यक्त गर्नुका साथै कलेजको बारेमा जानकारी दिए । कार्यक्रममा धरानका नगर प्रमूख तिलक राई, उप प्रमूख मञ्जु भण्डारी सुवेदी, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार श्रेष्ठ, प्रमुख प्रशासनिक अधिकृत जयराम श्रेष्ठ  लगायतले शूभकामना व्यक्त गरेका थिए । कार्यक्रममा व्यवसायी नवीन राजभण्डारीले अतिथ्यको लागि धन्यवाद दिदैं कलेजले  हस्पिटालिटी म्यानेजमेन्टको क्षेत्रमा विद्ययार्थीलाइ राम्रो तालिम प्रदान गरीएको अनूभव गरेको वताए ।

यस्तै, होटल व्यवसायी तथा नवयुग होटलका संचालक प्रमेश श्रेष्ठले दक्ष जनशक्ति उत्पादन गर्न सके धरानमा पर्यटन व्यवसायको विकास हुने र त्यसका लागि प्राइम भिजन सक्षम रहेको वताए । तेस्रो दिन धरानका संचारकर्मीहरुसंग दशैं, तिहार, र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम भएको सिईओ अभिषेक श्रेष्ठले जानकारी दिए । कार्यक्रममा केन्ट फ्यर एण्ड बार टेन्डीङ्गको पनि विषेश प्रस्तूति पनि रहेको उनले बताए । 

CK7A7231

CK7A7256

CK7A7276

CK7A7249