धरान: नेपालीहरुको चाड वडा दशैं घरघरमा भित्रिसकेको छ । गत बर्ष कोरोना संक्रमणले गर्दा दशैं घरमा नै सिमित भएको थियो । यसपाली भने संक्रमण दर घट्दो भएको कारण दशैंमा भेटघाट, रमाइलो गर्ने क्रम जारी छ । 

दशैंमा भुईँ छोड्नु भन्ने मान्यता पनि छ । त्यसैले गर्दा उहिल्यै गाउँघरमा लिङ्गे पिङ, रोटेपिङहरु हुन्थ्यो । ती नेपाली सँस्कृतिकै अभिन्न अंग थिए । नेपालीहरु ती पिङहरुमा रमाउथे । अचेल भने यस्ता पिङ्हरु  दशैमा कमै देखिन्छ । आधुनिकतासँगै भित्रिएको नयाँ प्रविधि, रमाइलो गर्ने नयाँ नयाँ साधनहरुले परम्परागत हाम्रा सँस्कृति, रमाउलो गर्ने शैलीहरु विस्थापित हुदैछन् । 

दशैंमा धरानमा पनि केही ठाउँहरुमा लिङ्गे पिङहरु बनाइन्छ । हिजो फुलपातीको दिन धरान १४ विजयपुर पुग्दा दुई ठाउँमा बनाइएको लिङ्गे पिङमा युवायुवती, बालबालिकाहरु रमाउदै भुँइ छोडिरहेका थिए । हेरौ तस्बिरहरु:

ping

ping1

ping2

ping3

ping4

ping5

ping7

ping10

ping9

ping6

ping8

ping11

ping13

ping14

ping15

ping12

ping16

ping17

ping18