धरान: वडा दशैंको सातौ दिन मंगलबार फुलपाती । यो दिन हर्षबडाईका साथ फुलपाती भित्र्याउने चलन छ । धरान १४ स्थित दन्तकाली शक्तिपीठमा पनि हरेक बर्ष सप्तमीको दिन फुलपाती धुमधामले भित्र्याइने गरिन्छ ।

गत बर्ष कोरोना संक्रमणले प्रभावित भएको थियो । यसपाली भने धुमधामका साथ भित्र्याइएको छ । नौ किसिमका वनस्पति खोजी गर्न बिहानै ३ जना पुजारी पिण्डेश्वर क्षेत्रमा गएर संकलन गरेका थिए । त्यही नवपत्रिकालाई डोलीमा राखेर दन्तकालीमा भित्र्याइएको हो । मन्दिरमा भित्र्याइएको फुलपाती दशमीको दिन अपराजिताको पुजा गरिसकेर विर्सजन गरिने र मात्र मन्दिरको ढोका खोलिने मुल पुजारी विश्वराज खनालले जानकारी दिए । फुलपाती भित्र्याउन धरानका मेयर तिलक राईसहित जनप्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको पनि सहभागिता रहेको थियो ।

भिडियो: