धरान: धरान १४ विजयपुरस्थित दन्तकाली मन्दिरमा वडा दशैंको फुलपाती भित्र्याइएको छ । 

हर्कबढाईकासाथ आज मंगलबार दिउँसो साइतमा फुलपाती भित्र्याइएको हो । फुलपाती भित्र्याउन मन्दिरबाट बाजासहितको टोली पिण्डेश्दर मन्दिरतर्फ गएको थियो । त्यहाँबाट ३ जना पुजारीले खोजेर संकलन गरेको ९ प्रकारका वनस्पति (नवपत्रिका)लाई विधिपुर्वक डोलीमा राखेर दन्तकालीमा ल्याएर भित्र्याइएको मुल पुजारी विश्वराज खनालले जानकारी दिए । यही विधिलाई फुलपाती भित्र्याउने भनिएको उनले बताए ।

dantakali-fulpati10

नवपत्रिका खोजी गर्न बिहानै ३ जना पुजारी पिण्डेश्वर क्षेत्रमा गएका थिए । फुलपाती भित्र्याउदा घर घरबाट स्थानीयले फुलपाती पनि डोलीमा चढाउने गर्छन् । मन्दिरमा भित्र्याइसकेपछि पुजा गरिने र दशमीको दिन अपराजिताको पुजा सकेपछि विर्सजन गरिने मुल पुजारी खनालले जानकारी दिए । फुलपाती विर्सजन भएपछि मात्र मन्दिरको मुलढोका खोलिने र सर्वसाधारणहरुले दर्शन गर्न पाउने उनले बताए । फुलपाती भित्र्याउन धरानका मेयर तिलक राईसहित जनप्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको पनि सहभागिता रहेको थियो ।

dantakali-fulpat30

dantakali-fulpati16

dantakali-fulpati12

dantakali-fulpati15

dantakali-fulpati13

dantakali-fulpati25

dantakali-fulpati24

dantakali-fulpati23

dantakali-fulpati26

dantakali-fulpati29

dantakali-fulpati27

dantakali-fulpati28

dantakali-fulpati17

dantakali-fulpati31

dantakali-fulpati18

dantakali-fulpati20

dantakali-fulpati21

dantakali-fulpati34

dantakali-fulpati32