धरान: धरान वडा नं ३ दोभान चोकस्थित पुरानो माछा भौडीको रुप फेरिएर अहिले सुन्दर पार्क बनेको छ, जसलाई दोभान पार्क भनिन्छ । यही पार्कमा गत साता धरान र इटहरी क्षेत्रका कवि, साहित्यकारहरुको जमघट भयो । वडा नं ३ को कार्यालयले दशैं, तिहार, छठलगायत पर्वहरुको अवसरमा कविहरुको जमघट गराएर शुभकामना आदनप्रदान कार्यक्रम गरेको कवि सुदिप पाख्रिनले जानकारी दिए । कार्यक्रमको संयोजन भने कलरव धरानले गरेको उनले बताए ।

poet5

सोही कार्यक्रममा कवि, साहित्यकारहरुले कविता, गीत, गजल सुनाएर साहित्यमय बनाएका थिए । वडा नं ३ को आयोजना र उक्त जमघटमा सशक्त युवा कविहरुले आफ्ना रचना सुनाएका थिए । कविहरु चन्द्र गुरुङ, सुदिप पाख्रिन, सन्तोष थेवे, प्रदिप मेन्याङ्बो, विरेन सुब्बा, श्रेष्ठ परिक्रमा, तीर्थ निरौला, करुण राई, राज आशातीत, इन्दु नेपल योञ्जन, सुमन रेग्मी, नगेन्द्र सुवेदी, राजिव आचार्य, सुरज याक्थुङवा, विवेक विवश रेग्मीलगायतले कविता वाचन गरेका थिए ।

 poet6


poet4

poet3

poet2

poet1

poet