धरान: दशैं, तिहार र छठको अवसर पारेर नेपालका चर्चित गायक सविन राई आफ्नो टिमसहित लाइभ प्रस्तुतिका लागि बगरकोट आउने भएका छन् ।

        सविन राई आफ्नो व्याण्ड टिम द फराओसहित यही शनिबार एमएच लाउन्ज एण्ड बारमा प्रस्तुतीको लागि आउन लागेका हुन् ।  लकडाउनका कारण लामो समय पछि सविन राई एण्ड फराओ व्याण्डले बगरकोट तताउन लागेको हो । धरानको नाइटलाइफस्थलको रुपमा चिनिने धरान १५ स्थित बगरकोटमा चाडपर्वको बेला राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले बगरकोटमा रमाउन आउने पाहुनाहरुलाई मनोरञ्जन गराउने गरेको छ ।

साँझ भए पछि लाइभ म्युजिकले हरेक दिन बगरकोट गुन्जयमान हुने गर्छ । पछिल्लो समय कोरोना महामारी र लकडाउनले गर्दा बगरकोट सुनसान झैं बनेको थियो । कोरोनाको प्रभाव कम हुदै गएको र लकडाउन पनि हटेपछि पुनः बगरकोट पुरानै लयमा फर्कने क्रममा छ । अब बगरकोट पुरानै अवस्थामा फर्किसकेको सन्देश दिदैं स्टेज पर्फमर किङ्गले चर्चित सविन राई एण्ड टिमलाई ल्याउन लागिएको एमएच लाउन्जका प्रोपराइटर जिवन मन्याङ्गवो लिम्वुले जानकारी दिए । उनका अनुसार राईसंगै धरानका चर्चित व्याण्डहरुको प्रस्तुति समेत रहने उक्त सांगीतिक कार्यक्रम साँझ ७ बजे देखि राति १० वजेसम्म हुनेछ । कार्यक्रम सिग्नेचरको संयोजनमा हुने पनि उनले बताए ।