सुनसरी: इटहरी ६ की वृद्धा एकल महिलालाई घरजग्गा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

सुनसरी प्रहरीका अनुसार झापाको दमक नगरपालिका १६ घर भई हाल ईटहरी ८ मा बस्ने ४३ बर्षीय भक्त बहादुर राई ठगी आरोपमा पक्राउ परेका हुन् । उनले ईटहरी ६ की ६१ बर्षीया एकल महिलाको श्रीमानको नाममा रहेको घरजग्गा पास गराइदिन्छु भनेर अर्कै व्यक्तिको नाममा पास गराई ठगी गरेको प्रहरीको भनाई छ । सुनसरी प्रहरीका अनुसार उक्त घरजग्गाको मुल्य करिव २ करोड ३६ लाख ९८ हजार रुपैया बराबरको रहेको छ ।

पीडितले दिएको जाहेरीका आधारमा उनलाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो । उनलई ठगी मुद्दा अन्तर्गत कारवाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।