उदयपुर: उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । उनलाई आज बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जंगलमा बोरामा गाँजा बोकेर हिडिरहेको अबस्थामा परियार फेला परेका थिए । पक्राउ परेका परियारबारे थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ।

gaja2