खोटाङ: प्रहरीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौकबाट तास र नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । 

स्थानीय हरी जोशीको घरमा तास खेलिरहेका ५ जना जुवाडेहरु नगदसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका ५ का २७ बर्षीय हिराधन राई, साकेला गाउँपालिका २ का २२ बर्षीय सौरव गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षीय बसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ बर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ बर्षीय खोम बहादुर मगर रहेका छन् । 

उनीहरुलाई राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट १ बुङ तास, नगद  ७१ हजार २० रुपैया पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई कानुन वमोजिम कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।