धरान: प्रहरीले धरानबाट गाँजासहित एक युवा पक्राउ गरेको छ । 

धरान १३ सूर्य मार्गबाट गाँजासहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाउँपालिका घर भएका २७ बर्षीय किरण भन्ने हेमन्त राई रहेका छन् । उनी डेरा गरेर धरान १३ सूर्य मार्गम बस्ने गरेको प्रहरीले जनाएको छ । 

उनलाई हिजो राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको कोठाबाट २५० ग्राम गाँजा बरामद भएको धरान प्रहरीले जनाएको छ । साथै उनलाई थप अनुसन्धान गरिरहेको पनि ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।