धरान: धरान १८ शिवमार्गस्थित लथालिङ्ग अवस्थाको पार्कलाई वडा कार्यालयले स्तरोन्नती गरेर चिटिक्क बनाएको छ । त्यही पार्कभित्र हेल्थ पार्क पनि छ, र त्यहाँ स्केटबोर्ड पार्क पनि १८ नम्बर वडा कार्यालयले निर्माण गरेको छ । 

हिजो आज हरेक साँझ धरानका किसोर किसोरीहरु त्यहाँ भेला हुन्छन्,र स्केटबोर्ड अभ्यास गर्छन् । पछिल्लो समय स्केटबोर्ड ओलम्पिकमा पनि समावेश भएको खेल हो । यही खेलमा धरानका टिनएज पुस्ता पनि आकर्षित छन् । यो स्केटबोर्ड पार्क बन्नु अघिसम्म धरानका सडकहरुमा तन्नेरीहरु जोखिमपुर्ण स्केटबोर्ड गरिरहेका हुन्थे । अचेल वीपी प्रतिष्ठान बाहिर निर्माण भएको यो पार्कमा उनीहरु भेटिन्छन् ।

sketboard-dharan2

 यद्यपी, पार्क सानो भएको उनीहरुको गुनासो छ । उपमहानगरपालिकाले कतै ठाउँ खोजेर स्केटबोर्ड पार्क निर्माण गरिदिएमा आफुहरुले पनि सहयोग गर्ने युवाहरुको भनाई छ । शनिबार यही पार्कमा कन्सर्टसँगै स्केटबोर्ड प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा धरान र काठमाण्डौंबाट एक दर्जन खेलाडीहरु सहभागी भएका थिए । 

स्केटबोर्ड धरानका अध्यक्ष विशाल लिम्बुले धरानमा स्केटबोर्डलाई प्रर्वद्धन गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताए । स्केटबोर्ड खेल्नेहरुप्रति समाजको नकरात्मक धारणा रहेकोले यसलाई परिवर्तन गर्न आफुहरुले चाहेको उनको भनाई छ । 

sketboard-dharan3

वडा नं १८ का अध्यक्ष प्रविण राईले युवाहरुलाई सही बाटोमा हिड्न आग्रह गरेका थिए । उनले युवाहरुको प्रस्ताव सही लागेको कारण डिजाइन परिवर्तन गरेर स्केटबोर्ड पार्क निर्माण गरेको जानकारी दिए । कार्यक्रमको आयोजना एलाइन्स इन स्ट्रगल र स्केटबोर्ड धरानको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा काठमाण्डौंबाट डल्टीस, नइनसक, मिडलाइफ ड्रिल, धरानको मुनाफा, इरोटिक सिटर्स र टोइराजलगायत ब्याण्डको पनि प्रस्तुती भएको एलाइन्स इन स्ट्रगलका कलाकार मिलन राईले जानकारी दिए । 

भिडियो:

sketboard-dharan4

sketboard-dharan8

sketboard-dharan7

sketboard-dharan10

sketboard-dharan5

sketboard-dharan13

sketboard-dharan17

sketboard-dharan18

sketboard-dharan15

sketboard-dharan6

sketboard-dharan12

sketboard-dharan9

sketboard-dharan11