धरान: नेपालमा हरेक क्षेत्रमा बेथितीको चाङ छन् । बिचौलियाले किसानको उत्पादन, बजारलाई मात्र होइन, राज्य संयन्त्रलाई पनि प्रभावमा पारेको छ । 

किसानले बर्षभरि मेहनत गरेर उब्जाएको अन्नको मुल्य पाउदैनन्, बिचौलिया र व्यापारीले जति भन्यो, त्यतिमा अन्न बेच्न बाध्य छन् । सरकारी कर्मचारीले नै नागरिकतामा गल्ती लेखिदिएको नाम सच्याउन जादा यता उता दिनहुँ भौतारिनुपर्छ । त्यति सानो काम गर्न पनि बिचौलियालाई घुस नदिई हुदैन । लाइसेन्स बनाउन, कागजपत्र मिलाउन, जग्गा खरिदबिक्री गर्न आफै तम्सिनु भयो भने काम बन्दैन । तर, विचौलियालाई केही पैसा दिनु भयो भने काम फत्ते हुन्छ । यी बेथितीहरुसँग हरेक नेपाली भुक्तभोगी छन् ।

drama-shilpee2

अस्पतालमा पनि बेथिती छ । सरकारी अस्पतालमा डाक्टर भेटिदैन । एम्बुलेन्सले विरामीलाई निजी अस्पतालमा पुर्याउछ । त्यहाँ गरिब विरामीलाई औषधी उपचारको नाममा बिलको लामो सुची थमाउछन् । तरपनि विरामी बाँच्दैनन् । 

अर्कोतर्फ, हाम्रा जनप्रतिनिधिहरु के गर्दैछन् ? विकास निर्माणको नाममा भ्यु टावर, गाइको मुर्ति, काउलीको मुर्ति बनाउने ध्यान्नमा छन् । विरोधकैबीच पनि जनप्रतिनिधि विचौलिया र ठेकेदारसँगको मिलेमतोमा योजना स्वीकृत गर्न चाहन्छन् । 

drama-shilpee4

यो दृष्य सोमबार धरान ८ स्थित सभागृह परिसर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिल्पी थिएटरले प्रस्तुत गरेको ठूला माछा साना माछा नाटको दृष्यहरु हुन् । हरेक क्षेत्रलाई बिचौलियाले आफ्नो कब्जामा लिएको छ, र आम जनताले सहजरुपमा सेवा सुविधा पाउन सकेका छैनन् । कर्मचारी, जनप्रतिनिधिहरु जनताको सेवा गर्न होइन, कमाउन तिर उद्दत छन् ।

drama-shilpee5

यी दृष्य नाटक हुन्, तर हरेक नेपालीहरुले दैनिकरुपमा भोगिरहेका वास्तविक सास्ती र पीडा पनि हो । त्यसैले नाटक हेरुञ्जेल दर्शकहरुले आफ्नै पीडा अनुभूति गर्छन् । नाटक ठूला माछा साना माछाले नेपालको हरेक क्षेत्रमा व्यप्त भएको बेथिती, विचौलियाको रजगज र गरिब, निमुखा जनताले पाएको दुःख, सास्तीलाई छर्लंग पारेको छ ।

शिल्पी नाट्य यात्रा २०७८ अन्तर्गत मोरङ, झापा र सुनसरीमा नाटक मञ्चन गरिएको हो । यात्राको समापन धरानमा २ ठाउँमा मञ्चन गर्दै सकिएको परिकल्पनाकार एवं निर्देशक घिमिरे युवराजले जानकारी दिए । खुल्ला ठाउँमा सिर्जनात्मक र स्वतन्त्र रंगमञ्च गर्न सकिन्छ भन्ने अभ्यास नै मुक्त रंगमञ्च भएको उनले बताए ।

भिडियो:

drama-shilpee6

drama-shilpee8

drama-shilpee7

drama-shilpee11

drama-shilpee10

drama-shilpee14

drama-shilpee9

drama-shilpee12

drama-shilpee18

drama-shilpee17