सुनसरी: सुनसरीको दुई स्थानबाट गाडीसहित भन्सार छलेर ल्याएको ५६ बोरा भारतीय चिनी बरामद गरिएको छ । 

मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौकस्थित अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतीय चीनी वरामद गरेको हो । भारतबाट नेपाल तर्फ भन्सार छलेर ५० बोर चिनी ल्याइरहेको प्र १(०२(००२ च ४९६१ नम्बरको पिकअप गाडी र गाडीधनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी गढी गाउँपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार व्यक्तिबाट २ बोरा सुर्ति र ६ बोरा चिनी पनि वरामद गरेको छ ।  प्रहरीलाई देखेपछि ती व्यक्तिहरु मोटरसाईकल र सामान छोडी फरार भएको प्रहरीले जानकारी दिएको छ । वरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनिसहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।