धरान:  मंसिर २ गते राती इटहरी ५ का राजेन्द्र प्रसाद ढुंगानाको आफ्नै घरमा पार्किङ गरि राखेको मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । 

प्रहरीले ढुंगानाको चोरी भएको मोटरसाइकल बा.९४ प ९९२६ नम्बरको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान ११ घर भई हाल इटहरी ५ जनता बस्तीमा डेरा गरि बस्ने २४ बर्षीय समिर परियार रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मोरङको सहयोगमा विराटनगर १५ भन्सार कार्यालयको १ नं ढाट नजिकबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा मोटरसाइकल चोरीमा इटरी ३ तालतलैयाका १९ बर्षीय राजेश खड्कासमेत रहेको खुलेको थियो । प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको र थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।