धरानः  मिस स्टेट १ तेस्रो सँस्करणको ताज धरान ११ की श्वेता भुजेलले पहिरिएकी थिइन् ।

पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको प्रतियोगिताको शनिबार राती धरान ८ सभागृहमा सम्पन्न ग्राण्ड फेनालीमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै स्वेताले ताज पहिरिएकी हुन् । उनले ताजसँगै हिरो होण्डाको डियो स्कुटर पनि हात पारिन् भने बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज अध्ययनको लागि पुर्ण छात्रवृत्ति पनि पाइन् । उनले योसँगै मिस पर्सनालिटीको सवटाइटल पनि जितिन् । उनी धरान मेघा कलेजमा बिबिएसमा अध्ययनरत छिन् । उनलाई दोस्रो सँस्करणकी विजेता रजनी तुम्सा लिम्बूले ताज पहिराइदिएकी थिइन् ।

miss-state6

यसैगरि, मोरङको सुन्दरहरैंचा–६, गछियाकी सविना राई फस्ट रनरअप बनिन् । उनले ताजसँगै नगद ५० हजार हात पारिन् भने नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति पनि पाइन् । यस्तै, डाँडाबजार धनकुटाकी लेस्ली लिम्बू सेकेण्ड रनरअप बनिन् । उनले ताजसँगै २५ हजार रुपैयाँ र एयरहोस्टेज अध्ययनको लागि २५ प्रतिशत छात्रवृत्ति पाएकी छिन् । 

अन्य सवटाइटलतर्फ मिस ट्यालेन्ट सविना राई, मिस चार्मिङ मिश्रा राई, मिस एक्टिभ अम्विका राई, मोष्ट ट्यालेन्ट दुर्गा श्रेष्ठ, मिस वेष्ट स्माइल जमुना लिम्बू, मोष्ट ब्युटीफुल झरना लिम्बू, वेष्ट क्वाटवाक रचना लिम्बू घोषित भए । निर्णायकमा प्रदेश १ चलचित्र महासंघका अध्यक्ष अरुणकुमार प्रधान, मिस पूर्वेली सुपर मोडल २०१५ की विजेता सुम्निमा खापुङ, गायक तथा  सञ्चाकर्मी तम्पशेर राई रहेका थिए । 

सिंगिङ स्टार बने अर्जुन राई

miss-state10

पूर्वाञ्चल सिङ्गिङ स्टार सिजन ८ म उदयपुरका अर्जुन राई प्रथम भएका छन् । पुर्वाञ्चल बागिना कला केन्द्रले मिस स्टेट १ सँगै आयोजना गरेको गायन प्रतियोगितामा शनिबार राती राई प्रथम भएका हुन् । उनले उपाधि ट्रफीसँगै नगद ५० हजार हात पारेका छन् भने २ ओटा गीत रेकर्ड, एउटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष पनि पाए । साथै, उनले एउटा गिटार पनि पुरस्कार पाएका छन् ।

गायनमा धरानकी निषा खपाङ्गी दोस्रो भइन् । उनले नगद २५ हजारसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क सङ्गीत कोर्ष र गिटार हात पारिन् भने मोरङकी अनुष्का ढकाल तेस्रो भइन् । ढकालले नगद १५ हजार रुपैयाँ, एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क सङ्गीत कोर्ष र एउटा गिटार पुरस्कार पाइन् । वेस्ट भोकलको पुरस्कार धरानका रिजन लोहनी, वेष्ट डिसिप्लिनमा बविता गुरुङ, वेष्ट पब्लिक च्वाइसमा अजुमा राईले पुरस्कार पाए । गायनतर्फको निर्णायकमा गायक विशाल राई र मनोज मोते रहेका थिए ।

देविका चाम्लिङलाई पत्रकारिता पुरस्कार 

miss-state13

आयोजकले रेडियो धरानकी सञ्चारकर्मी देविका चाम्लिङलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । आयोजक केन्द्रका अध्यक्ष भक्तिराज राईले उनलाई नगद ५ हजार ५१ रुपैयाँ र सम्मान पत्र प्रदान गरेका थिए ।

Video :

miss-state12

miss-state9

miss-state7

miss-state2

miss-state3

miss-state5

miss-state11

9