धरान: कवि विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित ३० औं राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका कवि गणेश खतिवडा प्रथम भएका छन् । 

आइतबार धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा सम्पन्न प्रतियोगितात्मक कविता महोत्सवमा खतिवडाले प्रथम पुरस्कार पाएका हुन् । उनको मृत्तिकाको सुगन्ध शिर्षकको कविता प्रथम भएको हो । उनले पुरस्कार स्वरुप नगद २१ हजार र प्रमाण पत्र पनि हात पारे । 

यसैगरि, महोत्सवमा झापाका कवि प्रकाश निरौलाको गाउँका कविता शिर्षकको कविता दोस्रो भयो । उनले नगद १७ हजार र प्रमाण पत्र पाए भने खोटाङका कवि मुकुन्दकृष्ण थापाको राहदानीको विलौना शिर्षकको कविता तेस्रो भयो । उनले नगद ११ हजार  र प्रमाण पत्र पाए । महोत्सवमा उदयपुरकी कवियित्री सुमित्रा पोखरेलको कविता प्रिय परदेशी र मोरङ केराबारीका कवि नगेन्द्र सुवेदीको कविता भोक, सपना र सत्ताले सान्त्वना पुरस्कार पायो । दुवैले जनही नगद ५ हजार र प्रमाणपत्र हात पारे ।

bimal3

महोत्सवमा देश विदेशबाट प्राप्त भएका कविताहरु मध्ये उत्कृष्ट १० कविता छनौट भएको र ती कविताहरु प्रतियोगि कवि तथा कवयित्रीहरुबाट वाचन गरिएको पुस्तकालयले जनाएको छ । वाचन गरिएका १० कविताबाट प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार घोषणा गरिएको हो । पुरस्कृत कवि, कवियित्रीहरुलाई पुस्तकालयका अध्यक्ष एवं कवि विमलका बुबा पुर्णबहादुर गुरुङ, प्रमुख अतिथि एवं मेयर तिलक राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

bimal2

कार्यक्रममा विभिन्न क्षेत्रका दर्जन बढी व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानितहरुमा वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), साहित्यकार एवं बुद्धिजिवि डा.भोला पोख्रेल, केशव वाग्ले, गोविन्द तिम्सिना, बद्री भिखारी, सन्तोष थेवे, सामाजिक अभियन्ता रोहित राई, हर्क चुम्मे, पत्रकारहरु भोजराज श्रेष्ठ, रणध्वज लोहार, मोहन श्रेष्ठ, सागर सिंजाली, सुम्निमा चाम्लिङलगायत दर्जन बढी छन् । उनीहरुलाई कार्यक्रमका अध्यक्ष गुरुङ, प्रमुख अतिथि एवं मेयर राईलगायतले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए ।

दुर्घटनामा परि १९ बर्षको किसोर उमेरमा मृत्यु भएका कवि विमलको स्मृतिमा हरेक बर्ष राष्ट्रिय कविता महोत्सव हुदै आएको छ । हरेक बर्ष कार्तिक १९ गते उनको जन्मजयन्तीको दिन प्रतियोगितात्मक महोत्सव हुने गरेको छ । गत बर्ष कोरोनाले रोकिएको कार्यक्रम यो बर्ष एक महिना ढिला भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान पनि गरिदै आएको छ ।

भिडियो:

bimal4

bimal5

bimal7

bimal8

bimal9

bimal10

\bimal13

bimal14

bimal15

bimal16

bimal19

bimal11

bimal12

bimal17