धरान:पुर्वाञ्चल लिटिल स्टार सिजन ३ को ग्राण्ड  फिनालेमा लफडा भएको छ । 

झापाको चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा शनिबार आयोजित फिनालेमा धाँधली भएको भन्दै अभिभावकहरुले विरोध जनाएपछि कार्यक्रम स्थगित भएको छ । टप १८ बाट टप ८ छनौट गर्ने क्रममा ९ जना प्रतिस्पर्धी छानिए पछि अभिभावकहरुले विरोध जनाएका हुन् । अभिभावकहरुको चर्को विरोध पछि कार्यक्रम बीचैमा स्थगित भएको छ भने आयोजक प्रहरी सुरक्षामा आयोजनास्थलबाट बाहिरिएका छन् ।

एक अभिभावकका अनुसार टप ८ मा ९ जना प्रतिस्पर्धी छानिए पछि विवाद भएको हो । निर्णायक स्रोतका अनुसार २ जना प्रतिस्पर्धीको नम्बर बराबर भएपछि आयोजकलाई जिम्मा दिइएको थियो । आयोजकले ती बराबरी नम्बर आएका दुवै प्रतिस्पर्धीलाई समेटेर टप ८ हुनुपर्नेमा ९ जना छनौट भएको घोषणा पछि असन्तुष्ट अभिभावकहरुले विरोध जनाएका हुन् । विवाद चर्कदै गएपछि कार्यक्रम स्थगित भएको हो । ‘कार्यक्रम स्थगित भएको छ, के गर्ने कसो गर्ने भनेर आयोजक छलफलमा छ,’ एक निर्णायकले भने ।

purwanchal-star1

कार्यक्रम साइमन फिल्मस् एण्ड इन्टरटेनमेन्ट मुम्बईको प्रस्तुती र ओजस फिल्मसले आयोजना गरेको हो । बालबालिकाको सौन्दर्य प्रतियोगिताको सेमीफाइनल धरान, विराटनगर र विर्तामोडमा आयोजना भएको थियो । तीन ठाउँको सेमीफाइनलबाट २९ जना प्रतिस्पर्धी छनौट भएको थियो । उनीहरुबाट १८ जना छनौट भएको थियो । उनीहरुबाट ८ जना छनौट गर्ने क्रममा विवाद भएर फिनाले स्थगित भएको छ । घटनाबारे प्रतिक्रिया लिन फोन सम्पर्क गर्न खोज्दा आयोजक साइमन राजवंशीले फोन रिसिभ गरेनन् ।