धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत जारी इष्टर्न ओपन गल्फ प्रतियोगितामा नेपालकै नम्बर वान गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा उक्लिएका छन् ।

पार ७० को गल्फ कोर्षमा मंगलबार दोस्रो दिन ३८ होलको खेल सकिदा कुल २ अण्डर १३८ स्कोरका साथ शुक्र शीर्षस्थानमा छन् । धरानका युवा गल्फर शुक्र हाल नेपालकै नम्बर वान व्यवसायिक गल्फ खेलाडी पनि हुन् । 

पहिलो दिन १ ओभर ७१ को कार्ड बनाएर तेस्रो स्थानमा रहेका शुक्र दोस्रो दिन भने ३ अण्डर ६७ को कार्ड बनाउदै शीर्ष स्थानमा पुगेका हुन् । उनले मंगलबार फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाए भने ब्याक नाइनमा इभन पार ३४ को कार्ड बनाए । 

sukra-golfer

पहिलो दिन पाँचौ स्थानमा रहेका रवि खड्का मंगलबार ३६ होलको खेल सकिदा भने कुल १ अण्डर १३९ स्कोरका साथ दोस्रो स्थानमा छन् । पहिलो दिन ३ ओभर ७३ स्कोर गर्दै पाँचौ स्थानमा रहेका रविले दोस्रो दिन भने ४ अण्डर ६६ को उत्कृष्ट खेल प्रर्दशन गरे ।

पहिलो दिन शीर्ष स्थानमा रहेका धराने गल्फर निरज तामाङ भने दोस्रो दिन खराब प्रर्दशन गर्दै कुल १ ओभर १४१ स्कोरका साथ तेस्रो स्थानमा झरे । पहिलो दिन ३ अण्डर ६७ को कार्ड बनाएका निरज दोस्रो दिन भने ४ ओभर ७४ को कार्ड बनाए । यस्तै, समान कुल २ ओभर १४२ स्कोरका साथ बलभद्र राई (मणी) र धनबहादुर थापा संयुक्त चौथो स्थानमा छन् भने ४ ओभर १४४ स्कोरका साथ सुर्यप्रसाद शर्मा छैटौ स्थानमा छन् ।

golf5

एमेच्योरतर्फ कुल ६ ओभर १४६ स्कोरका साथ सुवास तामाङ शीर्षस्थानमा छन् भने समान ७ ओभर १४७ स्कोरका साथ युवराज भुजेल र जितेन्द्र राई संयुक्तरुपमा दोस्रो स्थानमा छन् । दोस्रो दिनको खेल सकिदा कट जोगाउन सफल २२ जना व्यवसायिक र ६ जना खेलाडी मात्र बुधबार हुने अन्तिम दिनको खेलको लागि छानिएका छन् । 

golf

golf1 1

golf4

golf3 1

golf2 1