धरान: शुल्क वृद्धि फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएका विभिन्न विद्यार्थी संगठनहरुले विष्णु मेमोरियल स्कुल धरानलाई पुष २३ गतेसम्मको समय दिएका छन् ।

४८ घण्टे अल्टिमेटम समय सकिने दिन हिजो मंगलबार स्कुलका सञ्चालक एवं प्रध्यानाध्यापक बेन्द्रि कटवाल र विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो । विद्यार्थी संगठनहरुले आइतबार स्कुललाई शुल्क घटाउन र बढी लिइसकेको शुल्क फिर्ता गर्न भन्दै ४८ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र दिएको थियो । विद्यालयमा हाल परीक्षा सञ्चालन भइरहेको कारण पुष २३ गतेभित्र माग सम्बोधन गर्ने लिखित भएको भएको विद्यार्थी संगठनहरुले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।

स्कुलले बोलायो अभिभावक बैठक

bishnu2 1

परीक्षा भइरहेको भन्दै विद्यार्थी संगठनहरुसँग पुष २३ गतेसम्मको समय माग गरेपछि स्कुलले भने अभिभावकहरुको बैठक बोलाएको छ । 

प्रिन्सिपल बेनिन्द्र कटवालले आज दिउँसो २ बजेको लागि अभिभावक बैठक बोलाएका हुन् । उनले विद्यालयबारे भइरहेको भ्रामक समाचार, विद्यालयको शैक्षिक गतिविधि र बढेको शुल्कको बिषयमा अत्यावश्यक छलफल गर्नुपर्ने भन्दै अभिभावकलाई बैठकमा अनिवार्य उपस्थित हुन पत्राचार गरेका छन् ।

विष्णु स्कुलले धरान उपमहानगरपालिकाले निर्णय गरेको विपरीत शुल्क वृद्धि गरेको भन्दै १ सय बढी अभिभावकहरुले शिक्षा महाशाखामा उजुरी दिएका थिए । उपमहानगरपालिकाले यसबारेमा ठोस कदम चालेको छैन । स्कुलले भने शिक्षक, कर्मचारीहरुको तलब वृद्धि गर्नुपरेको भन्दै ४ बर्षपछि मात्र शुल्क बढाएको दाबी गर्दै आएका छन् । विद्यार्थी संगठनहरुले पनि शुल्क वृद्धि फिर्ता गर्न र लिइसकेको बढी शुल्क पनि अभिभावकलाई फिर्ता गर्नुपर्ने भन्दै स्कुललाई ध्यानाकर्षण पत्र आइतबार बुझाएको थियो ।

bishnu1 1