धरान: युवा पुस्तामा चर्चित गायक याबेश थापा धरानको बगरकोटस्थित भिन्टेज फेमिली रिसोर्टमा आयोजना हुने  'न्यु यर इभ  २०२२' कन्सर्टको लागि धरान आएका छन्।  

मायालु , लाखौ हजारौ , के हुन्छ भनेर , ए मुटु सुन मेरो कुरा जस्ता दर्जनौ गीत याबेश थापाका युवा पुस्ता माझ निक्कै चर्चित छन्। सन् २०२२ लाई स्वागत गर्न पुष १६ गते शुक्रबार (डिसेम्बर ३१) मा भिन्टेजमा कार्यक्रम हुने केएन इन्टरटेनमेन्टका कृष्ण राईले बताए।

कार्यक्रम भब्य स्टेज, साउण्ड, लाईटसहित आयोजना गर्न लागेको पनि उनले बताए । कार्यक्रममा थप रौनक र मनोरञ्जनात्मक बनाउन स्थानीय ल्यासोज ब्याण्डको प्रस्तुति पनि हुनेछ भने डिजे लाक्पा र डिजे डबल बीले पनि स्टेज तताउने छन्।