धरान: धरानलाई संगीतमय बनाउन यही पुष २४ गते शनिबार नेपाल आइस मनोरञ्जन धमाका २०२२ हुने भएको छ । 

धरानको पब्लिक हाईस्कुलको मैदानमा शनिबार साँझ हुने कार्यक्रममा युवा पुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी एक साथ आउनेछन् । साँझ साढे पाँच बजेदेखि आयोजना हुने म्युजिकल कन्सर्टको लागि यी ३ जना कलाकारहरु पहिलो पटक धरान आउन लागेका हुन् । गायक एकदेव लिम्बुको गीतहरु आँखामा आउने सपनी.., ब्ल्याक एण्ड व्हाईट.., मन्द -मन्द , क्या राम्री , तिम्रो मुटुमा, लौ कान्छी , मेरी सानु , शिरफुल जस्ता गीतहरु युवा पुस्तामाझ लोकप्रिय छन् । 

यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनर अप बिजेता अस्मिता अधिकारी पनि अहिले आधुनिक, पप तथा फिल्मी गीतहरुमा निक्कै नै लोकप्रिय छिन्। उनको तिम्रो मायाले बाँधेर राख.., टाढा भएपनि , साली मन पर्यो , लज्जावती झार झैँ , को होला त्यो , सिमसिमे पानी जस्ता थुप्रै गीतहरु चर्चित छन् । भर्खर रिलिज भएको काफल खाने कुइंया बोलको गीत पनि रिलिज भएको एक सातादेखि नै युट्युबको ट्रेन्डीङ्गमा रहेको छ।  

mn1

यसैगरि, नेपाल आइडल सिजन ३ को टप ८ सम्म पुगेकी रचना रिमाल पनि अहिलेको पुस्ताका चर्चित गायिका हुन् । उनको फोटो फिरिममा , उनको प्रिति ,एक चिम्टी सिन्दुर , काफल गेडी ,रुमाल चिनो,  छुक छुक रेल जस्ता गीतहरु चर्चित छन्। एक समय चटपटे वाली गायिकाको रुपमा भाइरल बनेकी गायिका रचना रिमाल नेपाल आइडलमा सहभागी भएपछि चर्चामा आएकी हुन् । 

यी चर्चित कलाकारहरुलाई सिल्भर इन्टरटेनमेन्टले पहिलो पटक धरानमा प्रस्तुत गर्न लागेको हो । कार्यक्रममा बिभिन्न आकर्षक डान्स प्रस्तुति समेत राखिएको आयोजकले जनाएको छ। नेपाल आइस् बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह प्रायोजन रहेको कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो, जेन्टलमेन अनलाईन टिभी, बराह ग्रुप ,एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको बिशेष सहयोग रहेको छ । कन्सर्टको गेट टिकट २ सय मात्र राखिएको छ।