धरान: डिजाइर्नस ब्राण्डको आयोजना तथा अन्नपुर्ण युवा परिवारको संयोजनमा यहि पुष २७ गते आयोजना हुन लागेको च्यरिटेवल १९ औ अन्नपुर्ण साँझमा नेपालको चर्चित गायक सविन राई एण्ड द फराओ र पहेलो वति मुनि व्याण्ड प्रस्तुतिका लागि आउने भएको छ ।

स्थानीय युवाहरुलाई सक्रिय बनाउन तथा सामाजिक कार्यमा सहभागी गराउने उद्देश्यले लामो समयदेखि आयोजना गर्दै आइरहेको १९ औं अन्नपुर्ण साँझको विषयमा जानकारी गराउन सोमवार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । संयोजनको रुपमा रहेको अन्नपुर्ण युवा परिवारले १९ औ अन्नपुर्ण साझलाई एक दिने उत्सवको रुपमा मनाउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराए । विगतमा सांगीतिक कार्यक्रम मात्र गर्दै आइरहेको साँझ यस पटक भने दिनको १२ वजे देखि नै उत्सवको रुपमा आयोजना गर्न लागेको कार्यक्रमका संयोजक गौतम खालिङ्गले वताए । ।

      धरान १६ स्थित अन्नपुर्ण लाइनमा रहेको विजुली अफिसको पुर्व पट्टिको खालि जग्गामा विभिन्न खानाको परिकार सहितको भव्य स्टल र स्टेज तयार हुनेछ । कार्यक्रम स्थाल वरिपरि पुरै सजाइनेछ। स्टेजमा दिउसो देखि नै सांगितिक कार्यक्रम प्रस्तुत हुनेछ । राति ९ वजे सम्म सागितिक कार्यक्रम हुने र त्यसपछि रमाइलोको लागि हाउजि खेलाइने आयोजकले जनाएको छ । सविन राई र शिव लामिछाने जस्ता नेपालकै चर्चित कलाकारहरु पहिले यही अन्नपुर्ण साझमा प्रस्तुति दिन्थे । यो साँझ स्थानीय कलाकारहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने तथा देखाउने प्लेटफर्म रहेको संयोजक खालिङ्गले वताए ।

  कार्यक्रमबाट उठेको रकमले सामाजिक कार्य गर्दै आइरहेको आयोजकले यस पटक पनि उठेको रकमले धरान छाताचौक स्थित पुनस्थापना केन्द्र्र र धरान १६ नं. वडाका विपन्न परिवारलाई खाद्यन्न र धरानका एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाहरुलाई जाडोको लुगा वितरण गर्नेछ । यस्ता कार्यक्रमको आयोजनाले युवाहरु खराव संगत वा कुलतमा फस्न वाट जोगिने आयोजक जानकारी दिए । अनुमानित बजेट चौध लाख ५० हजार रुपैया रहेको कार्यक्रमको मु्ख्य प्रायोजक सिवानि एयरलाइन्स रहेको छ । कार्यक्रम अघि पौष २५ गते अन्नपुर्ण चौकमा आयोजकले व्लड डोनेसन कार्यको आयोजना गर्नेछ ।