धरान: धरानको सांगीतिक माहोललाई तताउने गरि शनिबार साँझ नेपालआइस मनोरञ्जन धमाका २०२२ सम्पन्न भएको छ । 

धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित धमाकामा पहिलो पटक धरानको कन्सर्टमा आएका एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारीले धमाका नै गरे । उनीहरुको प्रस्तुतीले धराने युवा पुस्ता खुब रमाए भने आफ्नो क्रेज र संगीत बुझेका धराने दर्शक९ श्रोताहरुको मायाले तिनै जना गायक, गायिक पनि खुशी भए । धरानका युवायुवतीहरु शनिबार राती सवा १० बजेसम्म आफ्ना प्रिय गायक गायिकाहरु एकदेव, रचना र अस्मितासँगै गाए, नाचे, र रमाए ।

dhamaka1

गायिका रचनाले गीत गाउन सुरु गरेपछि दर्शकको अत्याधिक भीड बढेको थियो । उनले फोटो फिरिममा, सम्झिने पानी छम्किने ,उनको प्रिति लगायतका आधा दर्जन गीत गाइन् । अर्का चर्चित गायिका अस्मिताले टाढा भएपनि ,तिम्रो मायाले बाँधेर राख, साली मन परयो, लज्जावती झारझैं गाएर धराने दर्शकहरुलाई मन्त्रमुग्ध बनाईन्। 

यस्तै, युवा ढुकढुकी एकदेवले आँखामा आउने सपनी, क्या राम्री, तिम्रो मुटुमा, मेरी सानु, शिरफूल, सेवारो जस्ता आफ्ना चर्चित गीतहरु पस्किए । धेरै सहरहरुमा आफ्नो प्रस्तुती दिईसकेका एकदेवले धरानमा कार्यक्रम गर्ने सपना पुरा भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रमको संचालन महेश लिम्बु र गोविन राजभण्डारीले संयुक रुपमा गरेका थिए। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको धमाका कार्यक्रममा नेपाल आइस बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह–प्रायोजन रहेको थियो । 

dhamaka2

dhamaka3

concert