धरान: गोधुली रनिङ कपको सेमीफाइनल समीकरण पुरा भएको छ । 

शुक्रबार पछिल्लो २ वटा क्वार्टरफाइनल खेल पनि सकिएसँगै सेमीफाइनलको समीकरण पुरा भएको हो । धरान १६ स्थित रंगशालामा पछिल्लो दुई क्वार्टरफाइनल खेलमा वडा १६ र वडा १३ को जित भएसँगै सेमीफाइनल समीकरण पुरा भएको हो । पहिलो खेलमा १४ र दोस्रो खेलमा वडा ८ विजयी भएर सेमीफाइनल प्रवेश गरेको थियो । 

तेस्रो सेमीफाइनल खेलमा वडा नं १९ लाई ३–१ गोलअन्तरले हराउदै वडा नं १६ सेमीफाइनल प्रवेश गरेको छ । वडा १६ को जितमा सरोज लकान्द्रीले ८ औं र २४ औं मिनेटमा २ गोल गरे भने शैलेन्द्र नेपालले २० औं मिनेटमा १ गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच वडा १६ का सरोज लकान्द्री भए । उनले नगद २ हजार हात पारे । 

यस्तै, चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा वडा नं १३ ले २–१ गोलअन्तरमा वडा नं ११ लाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । वडा नं १३ को जितमा २ गोल नै मिलन लिम्बुले गरे । उनले ५ र २८ औं मिनेटमा गोल गरेका थिए । वडा नं ११ का रिवश मास्केले २७ औं मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच वडा १३ का विवेक राई घोषित हुँदै नगद २ हजार हात पारे । 

पहिलो सेमीमा वडा १४ र १६, दोस्रो सेमी १३ र ८ बीच हुने 

प्रतियोगिताको पहिलो सेमीफाइनल खेल वडा नं १४ र वडा १६ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ । वडा १४ गत बर्षको विजेता र वडा १६ उपविजेता टोली हो । पहिलो खेल शनिबार दिउँसो १ बजे हुनेछ । यस्तै, दोस्रो सेमीफाइनल खेल वडा नं १३ र वडा नं ८ बीच हुनेछ । दोस्रो सेमीफाइनल खेल दिउसो ३ बजे हुनेछ ।