धरान: कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ मसान्तसम्म विद्यालयमा पठनपाठन बन्द गर्न सिफारिश गरेको छ । 

आज (शुक्रबार) बसेको बैठकले माघ मसान्तसम्म विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठनपाठनलाई बन्द गर्ने सिफारिश गरेको हो । यसअघि सरकारले माघ ५ गतेसम्म भौतिकरुपमा हुने पठनपाठनलाई रोक लगाएको थियो । उक्त समयवधि सकिन लागेपछि शुक्रबार सिसिएमसिको बैठक बसेर माघ मसान्तसम्म यसअघि लगाइएको रोक जारी राख्न सिफारिश गरेको हो । 

विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठनमा रोक लगाएपनि सिसिएमसि बैठकले वैकल्पिक शिक्षण सिकाइबट पठनपाठन जारी राख्न समेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले मिडियालाई जानकारी दिएकी छिन् । विश्वविद्यालयको परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति दिन पनि बैठकले सिफारिस गरेको उनले बताइन् ।