धरान: द भ्वाइस किड्स नेपालको फाईनालिस्ट रुक्सना लिम्बुलाई आइतबार धरानमा सम्मान गरिएको छ । 

धरान १५ बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा रुक्सना लिम्बु जिताउ अभियान धरानले आयोजना गरेको कार्यक्रममा विभिन्न संघसंस्थाहरुले स्वागत तथा सम्मान गरेको हो । कार्यक्रममा रुक्साना लिम्बु जिताऔं अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र प्रदान गरेका थिए । यस्तै, लिम्बु मंचका तर्फबाट संजोक हुक्पाचोङवाङ र प्रदिप योङहाङ, सिल्भर इन्टरटेन्मेन्टको तर्फबाट सौरभ श्रेष्ठ र गायक एपी शेर्पा, केन्द्र मोसन पिक्चर्सको तर्फबाट टंक लिम्बु, याकथुङ चलचित्रकर्मी संघ प्रदेश नं. १ का तर्फबाट अध्यक्ष नविन मेन्याङ्बो र सिंगक समाजको तर्फबाट दिनेश सिङ्गकले सम्मान पत्र हस्तान्तरण गरेका थिए। 

ruksana1

रुक्साना लिम्बु जिताऔं अभियान धरानले एक वटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । उक्त गीतमा शब्द मिना सिंगक लिम्बु र संगीत सेमिहाङ सिगंकको हुनेछ। त्यस्तै, अभियानको समन्यवमा अहिलेको चर्चित म्युजिक कम्पनी केन्द्र मोसन पिक्चर्सले दुई वटा म्युजिक भिडियो निर्माण गर्ने घोषणा गरेको छ भने सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एक वटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । यस्तै, राजेश पायल राई म्युजिक एकेडेमी तथा राजेश पायल राई फाउन्डेसनको तर्फबाट दुई वटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । जसमा राजेश पायल राईको समेत स्वर तथा संगीत रहने छ।

कार्यक्रममा अभियान टिमलाई गीत निर्माणका लागि बाल कृष्ण सिंगकले सहयोग स्वरुप १० हजारको चेक हस्तान्तरण गरेका थिए। त्यस्तै रुक्सनाको आगामी प्रोजेक्टको लागि ब्यबसायी टंक लिम्बुले २५ हजारको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नविन मेन्याङ्बोले मन्तव्य राख्दै टाईटल जित्नु मात्रै ठुलो कुरा नभएर सम्पूर्ण संगीत प्रेमी नेपालीहरुको मन जितेर स्रोता दर्शकको माया पाउन सफल भएको बताए। लिम्बु समुदायको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको रियालिटी शोको फाईनलसम्म पुगेर आफ्नो समुदायको मान राखेको भन्दै आगामी दिनहरुमा पनि साथ सहयोग गर्ने बताए। साथै गायन सँगै पढाईलाई पनि निरन्तरता दिएर अघि बढ्न आग्रह गर्दै बधाई तथा शुभकामना दिए।

ruksana3

रुक्सना लिम्बूकी आमा रेखा लावती लिम्बुले रुक्सानाको लागि धरानको टीमले ठुलो सहयोग गरेको बताउंदै अझ रुक्सनको सांगीतिक भबिष्यको लागि समेत सबैसंग समन्वय गरि बिभिन्न अवसर प्रदान गरिदिएकोमा धन्यबाद दिए। रुक्सना लिम्बु जिताऔं अभियानका संयोजक चेम्जोङले रुक्सनाको सांगीतिक क्षेत्रमा भविष्य सुन्दर रहेको पुष्टि भइसकेको भन्दै सो अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरे । साथै, रुक्सना जिताऔं अभियान विधिगत रूपमा अन्त्य भएको पनि उनले घोषणा गरेका थिए।

ruksana4