मोरङ: प्रहरीले मोरङको सुनबर्षी नगरपालिकाबाट चाँदीको गरगहना अवैधरुपमा भारतबाट ल्याउदै गरेका एक महिलालाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीका अनुसार सुनबर्षी ६ स्थित नयाँचोक सडकमा प्रहरी चौकी डायनियाको गस्ती तोलीले चादीको गहनासहित २९ बर्षीया मञ्जु सहनीलाई पक्राउ गरेको हो । उनले भारतबाट अवैधरुपमा लेडिज ब्यागभित्र चाँदीको गरगहना बोकेको भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सहनीको साथबाट करिब ७ केजी ४६ ग्राम तौलको गरगहना भेटिएको छ । यसको बजार मुल्य करिब ७ लाख बराबरको भएको मोरङ प्रहरी प्रवक्ता तथा डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । महिलाको साथबाट पायल ठुलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस वरामद भएको प्रहरीको भनाई छ ।







