धरान: कोरोना संक्रमित धरानका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान १० का ५८ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको कोभिड अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् । 

मृतक मृगौलाका विरामी पनि थिए । उनले कोभिड १९ विरुद्धको खोप पनि लगाएका थिए । मृतकलाई माघ १३ गते संक्रमण पुष्टि भएको थियो भने १६ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिने पनि प्रतिष्ठानले जनाएको छ ।