झापा: झापाको बिर्तामोड नगरपालिका ६ मा पर्ने राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ का २७ बर्षीय बम बहादुर लेप्चा रहेका छन् । आज बिहान १० बजे पुर्वतर्फ गईरहेको बा.०३ ००१ ख २१४० नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-१५ प १७६५ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाईकल चालक लेप्चा र मोटरसाईकल पछाडि सवार २५ बर्षीय नारद लेप्चा घाईते भएका थिए ।
उनीहरुलाई उपचारको लागि बि.एन.सि. अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा बम बहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मकवानपुर भिमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।







