धरान: सरस्वती पुजाको अवसर पारेर आइतबार गरिमा डान्स सेन्टर धरानले खुल्ला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । 

धरान ९ आचार्य लाईन स्थित डान्स सेन्टरमा आयोजित प्रतियोगिताको सिनियर गु्रप तर्फको बरदान तामाङ प्रथम भएका छन्भने कृष्टिना राई दोस्रो र गौरव श्रेष्ठ तेस्रो भएका छन् । 

यसैगरी जुनियर गु्रप तर्फ प्रिया राई प्रथम, खिम्दुङ्मा राई दोस्रो र ओजस्वी निरौला तेस्रो भएका छन् । दुबै गु्रपका प्रथम, दोस्रो र तेस्रो विजेताहरुलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका थिए । उक्त प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक बिनोद लिम्बु रहेका थिए ।